+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिनर्जी फाइनान्स राष्ट्र बैंकको कारवाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते १०:३८

NRB-Photo१० भदौं, काठमाडाैं । नेपाल राष्ट्र बैंकले सिनर्जी फाइनान्स लिमिटेडलाई शिघ्र सुधारात्मक कारवाही गरेको छ । २०७१ असार मसान्तको लेखापरीक्षण प्रतिवेदनमा संस्थाको पुँजीकोष (क्यापिटल एडेक्वसी) ८.५० प्रतिशत देखिएकोले  कारवाही गरिएको हो ।

राष्ट्र बैंकले फाइनान्सलाई विभिन्न ८ बुँदे निर्देशन दिँदै व्यवसाय विस्तार र लाभांश वितरणमा रोक लगाएको छ । संस्थाको पुँजी वृद्धिका लागि पुँजी योजना पेश गर्न, लाभांश तथा बोनस शेयर घोषणा नगर्न, नयाँ शाखा कार्यालय नखोल्न निर्देशन दिएको छ ।

बुधबारसम्ममा कायम रहेको कुल निक्षेपको सीमाभित्र रही निक्षेप परिचालन गर्न, आजैको मितिमा रहेको कुल कर्जा सीमाभित्र रही कर्जा कारोवार गर्न राष्ट्र बैंकको निर्देशन छ ।

त्यस्तै, सुधार कार्यक्रमहरु सम्बन्धमा संस्थाको उच्च व्यवस्थापनसँग छलफल गरी छलफलका विषयबस्तुलाई अभिलेखको रुपमा राख्न, बैंकलाई नयाँ खरिद वा लिज प्रक्रिया मार्फत थप स्थिर सम्पत्ति प्राप्त गर्नु पूर्व राष्ट्र बैंकको स्वीकृति लिन, निक्षेप परिचालन र कर्जा तथा सुविधा प्रवाहसँग सम्बन्धित नयाँ व्यवसायिक क्रियाकलाप (विजनेशलाइन) संचालन गर्नुपूर्व यस बैंकको स्वीकृति लिनु राष्ट्र बैंकले निर्देशन दिएको छ ।

पुँजी कोष कम भएको सम्बन्धमा फाइनान्सलाई साउन २५ गतेस्पष्टिकरण सोधिएकोमा संस्थाले मिति २०७२/०५/०३ मा यस विभागमा पेश गरेको स्पष्टिकरणको जवाफ सन्तोषजनक नभएको कारवाहीको निर्णय गरेको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शिघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०६४ को विनियम ३ को खण्ड (ख) बमोजिम फाइनान्सलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

२०७१ असार मसान्तसम्ममा पुँजी कम भए पनि २०७२ असार मसान्तमा पुँजी कोष १३ दशमलव ६ प्रतिशत रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रमान शाक्यले बताए । एशियन लाईफ इन्स्योरेन्सको सेयर बेचेर ५ करोड ६० लाख र गैर बैंकिङ सम्पत्ति बेचेर ५ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको र राष्ट्र बैंकले तोकेको भन्दा बढी पुँजी कोष कायम गरिएको उनको भनार्इ छ ।

यस फाइनान्समा १ अर्ब ९० करोड २३ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप छ भने फाइनन्सले १ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । करिव ढेड वर्षअघि एल्पिक, बुटवल र सिएमवी फाइनान्स मर्ज भई सिनर्जी फाइनान्सको नाममा सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?