+
+
Shares

नेपाल आमा रोएको हेर्न सक्दिनः नन्दिता

वासिंगटन डिसी । नेपाली नायिका नन्दिता केसीको अमेरिका भ्रमण लगभग सकिएको छ । उनी अगस्त ३० मा नेपाल फर्किदै छिन् । नन्दिताले नेपालका भूकम्प पीडितको सहयोगार्थ क्यालिफोर्नियामा भएको नेपाल दिवसमा सहभागी भई आफ्नो प्रस्तुति समेत दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते ११:०४

विजय थापा

Nandita kc (2)वासिंगटन डिसी । नेपाली नायिका नन्दिता केसीको अमेरिका भ्रमण लगभग सकिएको छ । उनी अगस्त ३० मा नेपाल फर्किदै छिन् । नन्दिताले नेपालका भूकम्प पीडितको सहयोगार्थ क्यालिफोर्नियामा भएको नेपाल दिवसमा सहभागी भई आफ्नो प्रस्तुति समेत दिइन् ।

उनको यो पहिलो अमेरिका भ्रमण हो । त्यसकारण पनि नन्दिता दंग छिन् । यहाँको रहन सहन देखेर आफुलाई अमेरिकाले मोहनी लगाएको बताइन् ।

नेपालबाट के लिएर अमेरिका आउनु भएको थियो भन्ने प्रश्नको जवाफ दिंदै नन्दिताले भनिन ‘नेपाली चलचित्र उद्योगको बारेमा विश्वलाई चिनाउन मुलुकको प्रतिनिधित्व गरेर आएकी हुँ ।’
।

अमेरिकी व्यस्त जिवनमा पनि समय व्यवस्थापन गर्दै नेपाली कलाकारप्रति चासो राख्ने धेरै नेपाली भेटिन् । अमेरिकावासी नेपालीले देखाएको माया, सद्भाव, समर्थन र सकारात्मक धारणाले कलाकार उत्साहित भएको उनको भनाई थियो ।

nandita-2

संवाददाताहरुसँग कुरा गर्दै नन्दिताले भनिन् – ‘टीकापुर घटनाले भाबुक बनाएको छ । यो दर्दनाक घटना हो ।’ एक नेपालीले अर्को नेपालीलाई गरेको अमानवीय ब्यबहारप्रति आफु चिन्तित रहेको उनको भनाई छ ।

आफु जहाँ गएपनि नेपाल र नेपालीलाई सम्झिरहने बताउँदै नेपाल आमा रोएको कहिल्यै हेर्न नसक्ने धारणा राखिन् ।

अमेरिकाले नेपाली कलाकारलाई राम्रै सम्मान दिएको बुझेकी नन्दितालाई लाग्छ । धेरै कलाकार अमेरिका आउनुको एउटा कारण यो पनि हो ‘अमेरिकाले इज्जत र पैसा दुबै दिन्छ ।’

अमेरिकामा बस्ने नेपाली कलाकारले नेपाली कला, संस्कृति र संगीतलाई निरन्तरता दिएकोमा खुसी ब्यक्त गरिन् उनले ।

नेपाली चलचित्र, कला र संस्कृतिको लागि विदेशमा बसेर पनि काम गर्न सकिने कुरा अमेरिका भ्रमणमा महसुस गरेको नन्दिताको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?