+
+

टीकापुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १३ गते १७:०७

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले टीकापुर घटनाका दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
टीकापुरमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका डेढ वर्षीय बालक टेबहादुर साउदको परिवारले आइतबार प्रधानमन्त्री कोइरालालाई भेटेका थिए ।

tekendra saudबालुवाटारमा भएको भेटमा परिवारलाई बालसहिद घोषणा गर्ने, क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् । जवाफमा प्रधानमन्त्री कोइरालाले माग सम्बोधनको प्रयास गर्ने आश्वासन दिएका छन् ।

उनले टीकापुर घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता समेत जनाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले अनलाइनखबरसँग भने-‘प्रधानमन्त्रीले अपराधिक मात्र होइन, राजनीतिक रुपमा पनि कारबाही हुन्छ भन्नु भएको छ ।’

थारु समुदायको आन्दोलनका क्रममा गत सोमबार टीकापुरमा हिंसात्मक झडप भएको थियो । घरेलु हतियारसहित आएका आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपीसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

घटनामा डेढ वर्षका बालक टेकबहादुर साउदको पनि ज्यान गएको छ । घरको आँगनमा खेलिरहेका उनलाई गोली लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?