१४ असोज, काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपालमा भएको भारतविरोधी प्रदर्शनलाई दुर्भाग्यपूर्ण भनेका छन् । साथै उनले भारतले नेपालमा नाकाबन्दी नगरेको दाबी समेत गरेका छन् ।
वरिष्ठ नेता जालीले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्-‘हामी नेपालको सम्प्रभुतालाई सर्वोच्च मान्छौं ।’
नेपालको नयाँ संविधान आन्तकिर मामिला भएको तर, भारतले सँधै नेपालमा आम सहमतिको दृष्टिकोणलाई समर्थन गरेको उनले बताएका छन् । नेपालमा सम्पूर्ण लोकतन्त्रलाई स्वागत गर्ने भन्दै उनले सबै उपेक्षित गर्वलाई लिएर अघि बढ्नु आजको आवश्यकता भएको बताए ।
तर, नेपालमा लगातार भारत विरोधी प्रदर्शन हुनु दुर्भाग्यपूर्ण र गलत भएको उनले बताएका छन् ।
नेपालमा हिंसामा ४० जनाको मृत्यु, सैनिकको ठूलो तैनाथी र तराईमा अशान्ति भएकाले भारत चिन्तित रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले भनेका छन्-हामी सबै नेपाली, जसमा मधेसी, जनजाति र पीछडिएको वर्गका लागि चिन्तित छौं । तर, नेपालको संवेदनशील मुद्धामा कांग्रेस, एमाले र माओवादी स्वयंमले फैसला गर्नुपर्छ ।’
साथै प्रधानमन्त्री सुशील कोइरालाको मधेसी नेताहरुसँग भइरहेको सम्वादको स्वागत गरेका छन् ।
प्रतिक्रिया 4