+

एभरेष्ट म्याराथनको उपाधि सेनाका भीमबहादुरलाई

२०७२ असोज  १८ गते १८:१४ २०७२ असोज १८ गते १८:१४
एभरेष्ट म्याराथनको उपाधि सेनाका भीमबहादुरलाई

Bhim-Bahadur-Guring

१८ असोज, काठमाडौं । नेपाली सेनाका भीमबहादुर गुरुङले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् ।

सोमबार सगरमाथा आधार शिविरबाट नाम्चेसम्मको ४२.१९५ किलोमिटर दुरी ४ घन्टा १ मिनेट ५४ सेकेन्डमा पार गर्दै गुरुङले उपाधि जितेका हुन् ।

आर्मीकै सुरेन्द्र बस्नेत दोस्रो भए । उनले ४ घण्टा ३ मिनेट १८ सेकेन्डमा पुरी पुरा गरे । ४ घण्टा ११ मिनेट २८ सेकेन्डमा दुरी पार गरेका लुक्ला फेण्डसिप क्लबका पासाङ लामा तेस्रो भएका छन् ।

विदेशीतर्फ रोबर्ट सेलेस्की पहिलो भए । उनले ४ घण्टा ३४ मिनेट २८ सेकेन्डमा दुरी पुरा गरे । अष्ट्रेलियाका लिफ डेभिड क्रिस्टेन्सन दोस्रो र इजरायलका डेनियल केरेन तेस्रो भएका छन् । क्रिस्टेन्सनले ६ घण्टा १९ मिनेट १४ सेकेन्ड र केरेनले ६ घण्टा ५५ मिनेट ४ सेकेन्डमा दुरी पुरा गरेका थिए ।

महिलातर्फ आङडामी शेर्पा पहिलो भइन् । उनले ६ घण्टा ५ मिनेट ४३ सेकेन्डमा दुरी पुरा गरे । दावा डोमा शेर्पा दोस्रो र निरकला राई तेस्रो भएकी छन् ।

हाफ म्याराथनमा अमेरिकाका एन्ड्रयू स्माइमोर पहिलो भए भने इजरायलका पल यागुर दोस्रो र डेनियल वल्सन तेस्रो भएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय