+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रमुख दलहरु सरकारमा सहभागि हुनुपर्छ : राणा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १०:३३

२० असोज, कुस्मा । नेपाल तरुण दलका अध्यक्ष उदय शमशेर राणाले सहमतिमै सरकार बन्नुपर्नेमा जोड दिएका छन् । भारतीय नाकाबन्दीको विरोध गर्दै उनले अब नेपालको परराष्ट्र नीतिको समिक्षा गर्नुपर्ने धारणासमेत राखे ।

Udaya-Shamsher-Rana-at-Parbनेपाली कांग्रेस पर्वतले आयोजना गरेको एक कार्यक्रममा तरुण दल अध्यक्ष राणाले संविधान बनेपनि यसको सफल कार्यान्वयनका लागि प्रमुख दलहरुबीच राष्ट्रिय एकताको खाँचो औल्याए ।

संसद सदस्यसमेत रहेका उनले भने, ‘यतिबेला को प्रधानमन्त्री बन्ने कुरा प्रमुख होइन, जो प्रधानमन्त्री बने पनि प्रमुख दलहरु सरकारमा सहभागि हुनुपर्छ ।’ राणाले असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याएर सरकार गठन गर्न सकिए उत्तम हुने बताए ।

संविधान समावेशी भएको र अहिलेसम्मकै उत्कृष्ट संविधान भएको भन्दै राणाले केही कमजोरी भए संशोधन गर्दै लैजाने सकिने विशेषता संविधानमा भएको बताए ।

नाकाबन्दीको विरोध

मधेस आन्दोलनलाई देखाएर भारतले गरेको नाकाबन्दीको समेत अध्यक्ष राणाले विरोध जनाए । ‘भूपरिवेष्ठित देशले पाउने सुविधा भारतले रोकेको छ,’ राणाले भने, ‘यो अन्तर्राष्ट्रिय कानुन र विभिन्न सन्धी सम्झौता विपरीत छ ।’

तत्काल भारतले नाकाबन्दी फिर्ता लिनुपर्नेमा उनको जोड थियो । साथै भारतसँगको कुटनीतिमा नेपाल असफल बनेको र नेपालले आफ्नो परराष्ट्र नीतिको समिक्षा गर्नेबेला भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?