+
+

संविधान संशोधन विधेयक संसदमा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १८:१७

Samsad-Sankalpa 650

२० असोज, काठमाडौं । मधेसी मोर्चासहितका आन्दोलनकारीको माग सम्बोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसद सचिवालय दर्ता गरेको छ ।

कानूनमन्त्री नरहरि आचार्यले बुधबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका हुन् । सरकारले समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणबारे मधेसी मोर्चा लगायतको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

विधेयकको तयारी गर्ने जिम्मा कानून मन्त्रालयलाई दिइएको थियो । सरकारले दर्ता गरेको संशोधन प्रस्तावमा चार धारामा संशोधन प्रस्ताव दर्ता गरेको छ ।

सरकारले राज्यका हरेक निकायमा समानुपातिक समावेशी अनुसार प्रतिनिधित्व र हाल कायम भएको जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी संशोधन प्रस्ताव राखेको छ ।

साथै संविधानको नाममा छुटेको २०७२ पनि संशोधन प्रस्तावमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?