२१ असोज, काठमाडौं । लिओनल मेस्सीको अनुपस्थितिमा एर्जिओ एग्युरोले अर्जेन्टिनाको १० नम्बरको जर्सी लगाउने भएका छन् ।
मेस्सी घुँडाको चोटका कारण मैदान बाहिर छन् र विश्वकप छनोटमा अर्जेन्टिनाको दुई खेलमा उनी उपस्थित हुने छैनन् ।
म्यानचेष्टर सिटीको वेबसाइटलाई एग्युरोले भने-मैले टिकम्यानसँग कुरा गरेँ । उनले त्यो जरुरी रहेको बताए । १ देखि २३ नम्बर हुने भएकाले कसैले त्यो (१० नम्बरको जर्सी) लगाउनुपर्छ ।’
एग्युरोले बोस्नियाविरुद्धको खेलमा पहिलो पटक १० नम्बरको जर्सी लगाएकना थिए । त्यसबेला मेस्सीले आफ्नो अनुपस्थितिमा आफूले १० नम्बरको जर्सी लगाउने बताएको एग्युरोल बताए ।
अब मेस्सी अनुपस्थित हुँदा आफूले १० नम्बरको जर्सी लगाउने एग्युरोले बताएका छन् ।