+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

भारतले भन्यो-नाकाबन्दी छैन, तत्काल खुल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते ७:०५

Biratnagar-Jogbani-Naka२२ असोज, काठमाडौं । भारतले नेपालमा जारी नाकाबन्दी ‘तत्काल नखुल्ने’ सन्देश दिएको छ ।

सीमा क्षेत्रमा जारी आन्दोलनले आवागमनमा अवरोध देखिएको तर कुनै प्रकारको नाकाबन्दी नरहेको जिकिर गर्दै भारतीय विदेश मन्त्रालयले विहीबार नियमित पत्रकार सम्ममेलनमा ‘सीमामा शान्ति नहुन्जेल नाका पूर्ववतरुपमा सञ्चालनमा आउन नसक्ने स्पष्ट पारेको नागरिक दैनिकमा खबर छ ।

नेपालमा भारतले कुनै प्रकारको अफिसियल वा अनअफिसियल नाकाबन्दी नलगाएको र विभिन्न नाकाबाट ट्रक प्रवेश गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताए । धेरै वटा नाकामा अहिले पनि गम्भीर अवरोध रहेको, यो अवरोध नेपालतिरको अशान्ति, आन्दोलन र प्रदर्शनका कारण भएको उनले बताए ।

नेपाल-भारत नौ नाकामा गरी विहीबार मध्यान्हसम्म ५ हजार तीन सय ट्रक रोकिएको तथ्यांक उनले सार्वजनिक गरे । प्रवक्ता रुवरुपले अहिलेको आन्दोलनको समस्या नेपालका राजनीतिक दलहरुले नै खोज्नुपर्ने औंल्याए । भारतले सीमा क्षेत्रमा भएको सुरक्षाको अवस्थालाई सम्बोधन गर्न नेपाल सरकालाई भनेको र जेजति समस्या छन्, ती सबै नेपालको समस्या रहेको पनि उनले बताए ।

‘नेपालमा एउटा समुदायले संविधान स्वीकारेको छैन । त्यसमा परिवर्तन खोजेको छ । संविधान संशोधन भएर जबसम्म यो समस्याको समाधान हुँदैन, तबसम्म यो अवरोध निरन्तर रुपमा हुनेछ । त्यस समयसम्म हाम्रो ट्रक उतातिर जान सक्नेछैन ।’- प्रवक्ता रुवरुपले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?