+
+

राजदूतले भेटेपछि बदलिए कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते ६:४४

Susil koirala
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति रहेका प्रधानमन्त्री सुशील कोइरालालाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले शुक्रबार राति भेटेका छन् ।

तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको पार्टी टुंगो लगाउन नसकेका बेला राजदूत रे प्रधानमन्त्री निवास बालुवाटार पुगेरै कोइरालालाई प्रधानमन्त्रीमा पुनः अघि सर्न आग्रह गरेको स्रोतको दाबी छ । त्यसअघि सभापति कोइराला उपसभापति रामचन्द्र पौडेललाई अघि सार्ने पक्षमा रहेको निकट नेताहरुले जानकारी दिएको नागरिकमा खबर छ ।

‘भारतीय राजदूत उहाँ -प्रधानमन्त्री)लाई भेट्न राति आउनुभएको थियो,’ निकट स्रोतले भन्यो, ‘पार्टीबाट तीनमध्येको उम्मेद्वार हुने टुंगो नलागेका बेला आफैं अघि सर्ने निष्कर्षमा पुग्नुभएछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?