+
+

ओली प्रधानमन्त्रीको खुसीमा युवा संघको दिवापली

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १५:२१

Yuba Sangh Dipawali  (1)

२४ असोज, काठमाडौंं । एमाले निकट युवा संघ नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि आइतबार साँझ नयाँबानेश्वर तथा त्यस आसपास क्षेत्रमा दीपावली गरेको छ ।

वैदेशिक हस्तक्षेप बढिरहेका बेलामा राष्ट्रिय शक्तिको एकताले ओली प्रधानमन्त्री भएको भन्दै खुसियाली मनाउन सङ्घका अध्यक्ष राजीव पहारीको नेतृत्वमा ठूलो सङ्ख्यामा कार्यकर्ता त्यहाँ सहभागी भएका थिए ।

प्रधानमन्त्री पदका लागि व्यवस्थापिका–संसदमा आइतबार भएको निर्वाचनमा ओली मुलुकको ३८औँ प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

Yuba Sangh Dipawali  (2) Yuba Sangh Dipawali  (4)

उक्त कार्यक्रममा संविधान जारी भएको केही सातामा पार्टीका अध्यक्ष ओली प्रधानमन्त्री भएकामा उनको कार्यकालको सफलताको कामना गरिएको थियो ।

सङ्घका महासचिव प्रभातविक्रम कटुवालले ओलीको नेतृत्वमा बन्ने सरकारले देशमा विद्यमान समस्या समाधान गर्दै संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?