१ कात्तिक, काठमाडौं । नेकपा एमालेले सांसद राज्यलक्ष्मी गोल्छालाई राजीनामा गर्न निर्देशन दिएको छ । मधेसी महिलाको कोटाबाट समानुपातिक सांसद बनेकी गोल्छालाई एमाले स्थायी कमिटीको आइतबारको बैठकले राजीनामा गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्रीको निर्वाचनमा संसदीय दलका नेता केपी ओलीलाई मतदान गर्नसमेत अनुपस्थित भएकी गोल्छा संविधान जारी गर्ने बेलामा पनि अनुपस्थित थिइन् ।
प्रतिष्ठित व्यापारिक घराना गोल्छा अर्गनाइजेशनकी मालिक राज्यलक्ष्मीलाई एमालेले चन्दा दिएवापत सभासद बनाएको थियो । गोल्छाले सभासद भएको डेढ वर्षसम्म संविधानसभा र संसदमा एकपटक पनि बोलिनन् । उनी प्रायः बैठकमा सहभागी भइनन् ।
संविधानसभाका सुरुका बैठकमा उनी बिराटनगरबाट विमान चढेर आउँथिन् र बैठक सकिएपछि फर्किन्थिन् ।
गोल्छाको नियुक्तिको युवा नेतृ रामकुमारी झाँक्रीले खुलेर विरोध गर्दै आएकी थिइन् ।
प्रतिक्रिया 4