+
+

साढे १४ अङ्कले घट्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १६:१०

१ कात्तिक, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १४ दशमलव ६४ अङ्कले  घटेर परिसूचक १ हजार १ सय १९.८३ अंकमा झरेको छ ।

आइतवार नेप्सेमा ९८ कम्पनीका ४ लाख ५ लाख कित्ता सेयर २८ करोड ३५ लाख रूपैयाँमा किनबेच भए ।

आइतवार बैङ्किङ समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ८२ प्रतिशतले घटेको छ । त्यसैगरी, ‘अन्य’ समूहको परिसूचक १ दशमलव ३८, बीमा शून्य दशमलव ८९, जलविद्युत् शून्य दशमलव ६८, विकास बैङ्क शून्य दशमलव ५४, होटेल शून्य दशमलव ५ र वित्त कम्पनी शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?