बेलबहादुर के.सी.
‘चिसो हिउद’ले स्वागत नगर्दै
म बसेको शहरमा
क्रमशः जाडो बढ्दै छ ।
तै पनि छाती, घाँटी रक्षाकोलागी
एउटा न्यानो ‘गलबन्दी’को जोहो गर्ने जागर छैन ।
साझ बिहान
‘तातोपानी’ पिउने रहर छैन ।
खै किन हो कुन्नि
फेरी पनि म बिन्दास छु / बेफिक्री छु ।
‘बारीको सिस्नो, तितेपाती र तुलसीमा’ डडेलो लगाउदै
‘पारीको चक्की’ निल्ने बानि परेकाले
यसपाली फेरी जवरजस्त ‘नाक बन्द’ भयो ।
मैले त भन्न सकिरहेको छैन
तर बजार भरि ‘हल्ला छ रे’
कोशी र कर्णाली त होइन
बेला बेलामा मादी र ‘मोदी’ बगिरहेछ ‘रे’
र अनि साचै भन्दा
‘स्वासप्रश्वासमा’ अफ्ठेरो भैरहेको छ ।
भित्र ‘चुल्हो बाल्न’ सकिरहेको छैन ।
बाहिर ‘हिडडुल गर्न’ सकिरहेको छैन ।
हरेक ‘चिसो’संगै
‘नाक बन्द’ हुनु मेरो पुरानै रोग हो ।
‘र’ अनि राम्रै संग थाहा हुदाहुदै
‘खुला तलाउ’को पानी पिउनु मेरो ‘पुरानै आदत’ हो ।
त्यसैले
यसपाली फेरी जवरजस्त ‘नाक बन्द’ भयो ।
त्यसै त
भर्खरै ‘ज्वरो’ र ‘कम्पन’ले थिलो थिलो जिउ
तंग्रिन के खोज्दै थिय ।
‘नाक बन्द’ झनै शिथिल भय ।
बिकल्प छ ‘चिन’ भन्दा नचिनेझै गरे
‘र भात’को मात्र भरोषा नगर भन्दा
खै उ बेलामा चेतिन ‘तिन पहरे’ ‘भाते’ भय ।
सधै खुला नाक
एउटा ‘माक्स’ पनि
मेरो काबु बाहिरको चिज थियो ।
त्यसैले
यसपाली फेरी जवरजस्त ‘नाक बन्द’ भयो ।
प्रतिक्रिया 4