+

पर्थमा टेलरको दोहोरो शतक, स्टार्कको कीर्तिमानी तीव्र बलिङ

२०७२ कात्तिक  २९ गते २०:२४ २०७२ कात्तिक २९ गते २०:२४
पर्थमा टेलरको दोहोरो शतक, स्टार्कको कीर्तिमानी तीव्र बलिङ

Ross-Taylor

२९ कात्तिक, काठमाडौं । रोस टेलरको दोहोरो शतकसँगै पाहुना टोली न्यूजिल्याण्ड अष्ट्रेलियाविरुद्धको पर्थ टेष्टमा फर्किएको छ ।

तेस्रो दिनको खेल सकिँदासम्म न्यूजिल्याण्डले ६ विकेट गुमाएर ५१० रन बनाएको छ र मात्र ४९ रनले पछाडि छ । शानदार प्रदर्शन गरिरहेका टेलर २३५ र मार्क क्रिग ७ रनमा क्रिजमा छन् ।

केन विलियम्सनले ७० र टेलरले २६ रनबाट अघि खेल्दै तेस्रो दिनको खेल थालेका थिए । विलियम्सनको शतक अष्ट्रेलियाका लागि नौलो थिएन । तर, पर्थमा टेलर असाधारण लय घरेलु टोलीका लागि आश्चर्यजनक नै रहृयो ।

तेस्रो दिनको टीपछि टोलरले मिचेल स्टारको बलमा चौका हान्दै दोहोरो शतक पुरा गरेका हुन् ।  दोहोरो शतक बनाउने क्रममा २५४ बलको सामना गरेका उनले ३० चौका र दुई छक्का हानेका छन् । यससँगै उनी टेष्टमा अष्ट्रेलियाविरुद्ध दोहोरो शतक बनाउने पहिलो विकिज ब्याट्सम्यान बनेका छन् ।

टेलरको २३५ रन करियरकै उच्च स्कोर हो । तर, चौथो दिनको खेल सुरु गर्दा उनीसँग अष्ट्रेलियाका डेभिड वार्नरले पहिलो इनिङमा बनाएको २५३ रनलाई पार गर्ने मौका हुनेछ ।

टेलरले तेस्रो विकेटका लागि विलियम्सनसँग २६५ रनको साझेदारी गरे । यो आफैंमा एक कीर्तिमान थियो । विलियम्सन १६६ रनमा आउट भए ।

पर्थमा अष्ट्रेलियाका मिलेच स्टार्कले पनि नयाँ कीर्तिमान बनाएका छन् । स्टार्कले २१ औं ओभरको चौथो बलमा १६०.४ किलोमिटर प्रतिघन्टाको गतिले बल फ्याँक्दै टेष्ट इतिहासकै तीव्र गतिमा बलिङको रेकर्ड राखे ।

अहिलेसम्म १६० किलोमिटरको तीव्र गतिमा चार बलरले मात्र बलिङ गरेमन छन् । तर, यसअघिका तीन रेकर्ड टेष्टमा थिएनन् ।

पाकिस्तानका शोएब अख्तरले २००३ मा इंग्ल्याण्डविरुद्ध वन डेमा १६१.३ किलोमिटर प्रतिघन्टाको गतिले बलिङ गरेका छन् । ब्रेट ली र जेस थमसनले पनि १६० भन्दा बढी किलोमिटर प्रतिघन्टाको गतिले बलिङ गरेका छन् ।

पहिलो इनिङमा अष्ट्रेलियाले डेभिड वार्नरको दोहोरो शतकको मदतमा ५५९ रन बनाएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय