+
+

पूजनाले ‘चकलेट’ व्यापारबाट असाहय बालाबालिकाका लागि भवन बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १०:३८

pujana-stir
नायिका पूजना प्रधानले निर्माण गरेको चलचित्र ‘चकलेट’ मंसिर १८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । हङकङमा केही समय अगाडि यो चलचित्रको विशेष प्रदर्शन भएको थियो ।
नायिका प्रधानले यो चलचित्रको सम्पुर्ण व्यापार रकम च्यारेटीका लागि जाने बताएकी छिन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले चलचित्रबाट उठेको रकमले काठमाण्डौमा अनाथ बालबालिकाका लागि भवन बनाउने बताइन् । उनले भनिन्-‘५० जना असाहय बालबालिकाका लागि हामी भवन बनाउँदैछौ । अहिले सोही स्थानमा उनीहरुका लागि बस्ने, खाने र पढ्ने व्यवस्था गर्ने तयारी पनि हुँदैछ । यसका लागि काठमाण्डौ भित्र नै सस्तो जग्गाको खोजीमा छौ ।’

चलचित्रबाट उठेको रकम आफूहरुले नलिने उनको भनाई छ । आफूहरुसँग करिब २५ जना असाहय बालबालिका रहेको र अरु विभिन्न स्थानबाट खोजिने उनको भनाई छ ।

निर्मल शर्माले निर्देशन गरेको यो चलचित्रमा पूजना प्रधान, आयुष्मान घिमिरे, सुमन गैरे, नम्रता झा लगायतका कलाकारले अभिनय गरेका छन् । काठमाण्डौको दरबारमार्गमा रहने सडक बालबालिकाको कथामा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?