१२ फागुन, काठमाडौं । म्याग्दीमा दुर्घटनाग्रस्त भएको तारा एयरको विमानमा रहेका १७ जनाको शव भेटिएको छ ।
सुरक्षाकर्मीले सबैको मृत्यु भएको आशंका गरेको छ । सशस्त्र प्रहरीका डीआईजी नरेन्द्रकुमार सिंहले भने-‘म अहिले पनि पोखरा विमानस्थलमा छु । तर, खराब मौसमका कारण हेलिकोप्टर जाने सम्भावना छैन ।’
घटनास्थलमा रहेका प्रहरी हवल्दार चन्द्रलाल रावलले अनलाइनखबखरलाई बताएअनुसार अहिले पानी पर्ला जस्तो भएको छ ।
घटनास्थलमा नेपाल प्रहरीको १८ सदस्यीय टोली घटनास्थलमा छ भने सशस्त्र प्रहरीको टोली पनि पुग्दैछ । हिउँ पर्ला जस्तो भएकाले नेपाली सेनाको टोली भने त्यहाँबाट फर्किर्एको छ । हवल्दार रावलले भने, अरु शव संकलन गर्न सकेको छैनौं । भीर छ र अध्यारो पनि भएको छ ।’
यो पनि पढ्नुस्
दुर्घटनाग्रस्त विमान भेट्टाउने शिक्षक भन्छन्-अहिले पनि आगो लागिरहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4