+
+
Shares

नम्रता बनिन् गायिका, गाइन् ‘क्लासिक’को गीत(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १४ गते १३:३४

namrata-shrestha-singer
गायिका मेलिना राइको आवाजमा समावेश ‘प्रकृतीका सुन्दर’ बोलको गीतलाई नायिका नम्रता श्रेष्ठले कभर सङ्का रुपमा गायकी छिन् ।

चलचित्र ‘क्लासिक’मा समावेश यो गीतलाई दर्शकले पनि खुबै रुचाएका थिए । अन्य केही नायिकाहरुले पनि कभर सङ् गाइरहेको समयमा नायिका नम्रता पनि गायिका बनेकी हुन् ।

डाक्टर कृष्णहरि बरालको शब्दमा तयार भएको यो गीतलाई नम्रताले आफ्नै शैलीमा गाएकी छिन् । यो गीत गाएर नम्रताले आफू पनि गायिका बन्ने छनक देखाएकी छिन् ।

माघ २९ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र आजबाट तेश्रो  सातामा प्रवेश गरेको छ । केही दिन अगाडि मात्र चलचित्रको टोली काठमाण्डौ बाहिरका हलमा पुगेर आएको थियो । निर्माता सुवास गिरीले तेश्रो हप्ताबाट चलचित्रले नाफा कमाउने र ओभरसिज राइट्स, भीसीडी राइट्सले आफूलाई राम्रै रकम नाफा हुने बताए ।

आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?