Comments Add Comment

मलाई पनि नायकसँग नाच्न मन छ, तर देश फेसबुकमा कमेन्ट गरेजस्तो छैन : रेखा थापा

rekha & aawas (1)
नायिका रेखा थापा र उनका दिदीका छोरा आभाष अधिकारीलाई अहिले भ्याई नभ्याई छ । चैत्र २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रामप्यारी’को प्रचार दौडमा यी आमा छोरा दौडिएका छन् । अनलाइनखरसँग भेट भएपछि रेखा र आभाष कुराकानीका लागि तयार भए । आफ्नै दिदीका छोरालाई नायक बनाएकी रेखालाई हाम्रो पहिलो प्रश्नः

तपाइलाई आभाष नायक बन्छन् भन्ने आभाष कहिले भयो ?
आभाष मलाई हिरो बन्छ भन्ने आभाष ‘हिम्मतवाली’को छायांकनको बेला नै भएको थियो । उसलाई सुटिङमा स्टिल फोटो खिच्नका लागि लगिएको थियो । उ त मेरो नजरमा सधै नै बच्चा नै थियो, तर निर्देशक श्याम भट्टराइले उसलाई नोटिस गरिसकेका रहेछन् । पछि, सुदर्शन गौतमले पनि मलाई आभाष हिरो बन्न सक्ने बताए । निर्देशक सविर श्रेष्ठले ‘रामप्यारी’का लागि एक नयाँ अनुहार चाहिएको बेला आभाषकै नाम सिफारिश गरेका थिए । उनले पनि आभाषलाई नोटिस गरेका रहेछन् । यसपछि मात्र मैले बच्चा देखेको आफ्नै छोरालाई नोटिस गर्न थालेकी थिएँ ।

रेखाको कुरा सुनेर आभाष खुशी थिए । छेउमै बसेका आभाषलाई हामीले प्रश्न सोध्यौ,
तपाई के नायक बन्नका लागि तयार हुनुहुन्थ्यो ?
म दिमागी रुपमा तयार थिइनँ । मलाई अहिले चलचित्र खेल्नु संयोग मात्र लाग्छ । मेरो पढाइको बिषय पनि मिडिया भएकाले म चलचित्रप्रति केही रुची राख्थे । फेरि मामु(रेखा थापा)सँगै हुर्किएकाले पनि यो बिषयमा वुझ्ने मौका पाएको हुँ । मैले आफूलाई हिरोको नजरमा कहिल्यै हेरिन । सविर अंकल र मामुले भनेपछि मैले अभिनय र नृत्यको कोर्स गरेँ । मलाई महंगो ट्राई आफूमा कमजोरी बोकेर गर्नु थिएन । rekha & aawas (2)
अनी रेखा थापासँग काम गर्ने नाम चलेका हिरोको त चर्चा हुँदैन, तपाइ त झन् नयाँ हुुनुहुन्छ, प्रचारमा घाटा भएको छैन ?
आभाष हाँसे र भने-‘घाटा भएको होइन । रेखा थापाको ठूलो फ्यान फलोइङ छ । मामुसँगै पर्दामा म आउँदा फाइदा मलाई नै हुन्छ ।

आभाष उत्साहित भएपछि रेखा पनि केही खुशी देखिइन् । यसपटक रेखाले चलचित्र चलाउनका लागि खासै फन्डा गरिनन् । के अब फन्डा सकिएको हो त ? रेखा हाँसिन् र भनिन्ः

मैले त्यतीबेला पनि फन्डा मच्चाउन चाहेकी थिइन् । त्यो समयमा म, मिडिया र अन्य कलाकारविच को अर्डिनेट नभएको हुनसक्छ । तर, अब त समय पनि बदलियो नी हैन । १६ बर्षको उमेरमा मेरो जुन गसिप आउथ्यो, अब त्यो सुहाउँदैन पनि । समय सधै एकनाशको कहाँ हुन्छ र ।

आभाषलाई प्रश्न, रेखा थापाको बिषयमा आउने गसिप र चर्चा सुनेर तपाइलाई कस्तो लाग्थ्यो ?
हा.हा.हा.हा. कहिलेकाँही त मलाई अनौठो पनि लाग्थ्यो । तर, केही कुरा नयाँ आयो भने हामी घरमा बसेर छलफल गथ्र्यौ । यसैले समाचारमा आउने धेरै कुरालाई मैले गम्भिर रुपमा लिइन ।

अझै एकपटक आभाषसँग रेखाको बारेमा वुझौ । पर्दा बाहिरकी रेखा तपाइको नजरमा कस्ती हुन् ?
मलाई त एकदमै बच्चा जस्तो लाग्छ । रेखा मामुलाई अझै पनि ‘ममी’ नै चाहिन्छ । राम्रोसँग खान पकाउन पनि आउँदैन उहाँलाई त । मलाई उहाँको सामान्य जीवन हेर्दा त उहाँ स्टार जस्तो लाग्दैन । साच्चै स्टार रेखा र सामान्य रेखामा आकाश जमिनको फरक छ ।

एकछिन रेखासँग ‘रामप्यारी’को बारेमा वुझ्ने कोशिश गरौ ।
के हो त आखिर ‘रामप्यारी’ ?
यसको नाम नै फरक छ । मेरो चलचित्रको बिषयवस्तु र नाम विल्कुल फरक हुन्थ्यो । मिडियामा मेरो बिषयमा विभिन्न खालका समाचार आउँछन् । जसले गर्दा मानिसले मलाई आफ्नै कोणबाट वुझ्नु भएको होला । कसैलाई म घमण्डी, कसैलाई नरम, कसैलाई स्टार, कसैलाई सामान्य, कसैलाई छुच्ची त कसैलाई दयालु लाग्न सक्छ । तर, मेरो मन भित्र के छ र म समाजलाई कसरी कुन बाटोमा डोर्‍याउन चाहन्छु भन्ने ‘रामप्यारी’ले झल्काउँछ ।

महिला, समाजका बिषयमा मेरो वुझाई के हो र म के चाहन्छु भन्ने पनि यो चलचित्रले देखाउनेछ । यो एउटा व्यवसायिक चलचित्र हो, तर दर्शकले चलचित्र हेरेपछि एक प्रकारको उर्जा र शक्ति प्राप्त गर्नुहुनेछ । rekha thapa (1)
तपाइको चलचित्रको बिषयवस्तु सधै किन उस्तै खालको ? के तपाइले अब दमदार अभिनय भएका चलचित्र गर्ने बेला भएन र भन्या ? सधै उही मसलेदरा चलचित्र कहिलेसम्म ?

कुरा एकदमै सही हो । तर, एउटा कुरा के वुझ्नुपर्छ भने म सामाजिक अभियान्ता पनि हुँ । म महिलाको समृद्धी र आत्मनिर्भर हेर्न चाहन्छु । मलाई पनि नायकको वरिपरी नाँच्न मन छ । तर, मैले वुझ्नु पर्छ कि यो देशको अवस्था के छ । यो देशका नागरिक कस्तो अवस्थामा अगाडि बढेका छन् । मैले लाखौ महिलाहरु के गर्दैछन् भनेर पनि हेर्न जरुरी छ । सामाजिक संजालमा कमेन्ट गरेजस्तो छैन देश । यो सबैले वुझ्नुपर्छ । यसैले म ती पात्रहरुको प्रतिनिधित्व गर्ने चलचित्र बनाउछु, जसलाई आत्मनिर्भर बन्न जरुरी छ ।

रेखाले देश र महिलाका कुरा गरिन् । उनी चाडै नै देशमै यूवाले रोजगार पाउनुपर्छ भन्ने अभियान लिएर अगाडि आउँदैछिन् । हामीसँगको कुराकानीमा रेखाले यो कुरा खुलाइन् । एउटा रमाइलो प्रश्न अब आभाषलाई सोधौ । के आभाष रेखासँग पर्दामा रोमान्स गर्न तयार छन् ?

आभाष केही लजाए । लजाउँदै आभाषले रेखातर्फ हेरे र जवाफ दिए-‘रामप्यारी’मा मेरो भूमिका बोल्ड र सस्पेन्स खालको छ । मामुसँग मैले एउटा गीतमा मात्र नाँचेको छु । त्यो गीत गर्दा पनि मलाई केही असहज भएको थियो । आमा र छोरा नाच्दा कस्तो-कस्तो लाग्दोरहेछ । मामुकै उमेरका अन्य नायिका भए त काम गर्छु, तर मामुसँग त असहज लाग्छ । गर्दिन होला ।

रेखालाई हतार थियो । उनी ‘कर्ली कपाल’ बनाउनका लागि ब्यूटीपार्लर जाने तयारीमा थिइन् । अन्तिममा रेखा र आभाषलाई एउटै प्रश्न, ‘रामप्यारी’ को हो र किन हेर्नुपर्छ ?rekha thapa (2)

रेखाः यो चलचित्रमा मलाई दर्शकले सामाजिक अभियान्ताकै रुपमा हेर्न पाउनुहुनेछ । नयाँ बर्षको अवसरमा यो मेरो दर्शकलाई उपहार हो । अबको ५ बर्षपछि म ‘रामप्यारी’ वास्तविक जीवनमा नै बन्न चाहन्छु । म जुन एजेन्डा बोकेर हिडिरहेकी छु, चलचित्रमा पनि त्यस्तै भूमिका छ ।

आभाषः यो चलचित्र एउटा मेडिटेशन हो । यो चलचित्र हेरेपछि दर्शकमा एउटा सकारात्मक इनर्जी पैदा हुन्छ । समाजमा घट्ने गरेका विभिन्न घटनालाई नै बुनेर चलचित्र बनाइएको छ । मेरा लागि मात्र नभएर नेपाली चलचित्र क्षेत्रकै लागि यो चलचित्र ‘कोशेढुंगा’ बन्न सक्छ । aawas (2)
कुराकानी सकियो । रेखा र आभाष तस्बिरका लागि पोज दिदै थिए । बर्षमा एउटा आफ्नै होम प्रोडक्शनबाट चलचित्र बनाइरहेकी रेखाको चलचित्र करिअर र व्यक्तिगत करिअर फरक तरिकाले दौडिएको छ । अब त उनका छोरा पनि यो दौडमा सहभागी छन् । आमा र छोराको यो दौडमा के दर्शकले साथ देलान्, शुक्रबारसम्म प्रतिक्षा गरौ ।

प्रस्तुती : विजय सुवेदी’आवाज’

तस्बिर : कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment