+

सान्चेजको गोलमा आर्सनलको जित, शीर्ष चारको सम्भावना कायमै

२०७३ वैशाख  १० गते ८:३१ २०७३ वैशाख १० गते ८:३१
सान्चेजको गोलमा आर्सनलको जित, शीर्ष चारको सम्भावना कायमै

Alexis Sanchez१० वैशाख, काठमाडौं । एलेक्स सान्चेजको दुई गोलको मदतमा आर्सनलले वेष्टब्रोमलाई हराएको छ र प्रिमियर लिष्को शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ ।

बिहीबार राति भएको खेलमा आर्सनलले वेष्टब्रोमलाई २-० गोल अन्तरले पराजित गरेको हो । यसअघिका दुई खेल बराबरीमा आर्सनल बराबरीमा रोकिएको थियो । तर, बिहीबार सान्चेजले जित दिलाए ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा दुबै गोल सन्चेजले गरे । खेलको छैटौं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका उनले ३८ औं मिनेटमा अग्रता दोब्बर पारे ।

यो जितसँगै आर्सनल प्रिमियर लिगमा ५०० खेल जित्ने दोस्रो क्लब बनेको छ । यसअघि म्यानचेष्टर युनाइटेडले मात्र यो आंकडा पार गरेको छ । उसले ५८४ खेल जितेको छ ।

साथै आर्सनल ३४ खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानमा रहेको म्यानचेष्टर सिटीको ६१ र पाँचौं स्थानमा रहेको युनाइटेडको ५९ अंक छ ।

आर्सनल वेष्टब्रोम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय