+
+

मलेसियामा अलपत्र परेकी यशोदाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १३ गते १२:५९

Malaysia

१३ वैशाख, काठमाडौं । वैदेशिक रोजगारको लागि मलेसिया पुगेर अलपत्र परेकी रसुवा धैबुङ की यशोदा देवकोटालाई प्रहरीले उद्धार गरेको छ ।

७१ साल साउन ४ गते रोजगारको लागि मलेसिया पुगेकी यशोदालाई अमानविय व्यवहार गर्ने समयमा तलब नदिने, घरपरिवारसँग सम्पर्क गर्न पनि नदिने गरेको भन्दै श्रीमानले नेपाल प्रहरीको अपराध महाशाखामा उजुरी गरेका थिए ।

श्रीमतीको जीवन रक्षा गरिपाउँ भन्दै यशोधाकी श्रीमानले दिएको उजुरीको आधारमा मलेसियास्थित नेपाल दूतावाससँगको समन्वयमा उनको उद्धार गरिएको अपराध महाशाखाले जनाएको छ ।

महाशाखाको पहलपछि शनिबार यशोदा नेपाल आइपुगेकी हुन् । उनलाई वैदेशिक रोजगारमा पठाउनेको बारेमा पनि अनुसन्धान भैरहेको महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?