+
+

सय वर्षमा फेरि बिहे !

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १५ गते ६:३४

१५ वैशाख, काठमाडौं । उमेर पुगेपछि बिहे हुन सामाजिक संस्कार नै हो । तर, बरबोटे गाविस इलाममा मंगलबार यस्तो विही आयोजना गरियो, जहाँ निम्तो मान्नभन्दा रमिता हेर्न पुगेकाहरु खचाखच थिए ।

bibahaनिम्तालु र आगन्तुकले ‘बेहुला-बेहुलीलाई टीका लगाएनन् । न त अरु बिहेमा झै उपहार र दक्षिणा नै दिए । बरु, बेहुला बेहुलीबाट चाहिँ टीका र आशीर्वाद लिए । अाजको नागरिक दैनिकमा समाचार छ ।

बरबोटे गाविस ७ का एक सय २ वर्षे टैकनाथ भुर्तेल र ९१ वर्षीया इन्द्रछाँयाको मंगलबार दोस्रो पटक बिहेुरहकै शताव्दी उत्सव आयोजना गरियो ।

बा्रम्हणबाट बेद पाठ गराइयो । गाई दान र आशीर्वाद लिने दिने कार्यक्रम गरियो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधी, पेसार्की, सामाजिक अगुवा लगायतको उपस्थिति रहेको थियो ।

धर्मशास्त्रले ठ्याक्कै नबताएपनि धार्मिक विश्वासअनुसार मासिनको उमेर सय वर्ष पुगेपछि दोस्रो जन्म हुने भएकाले पहिलेभन्दा भिन्न विधिअनुसार बिहे गरिदिने चलन समाजमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?