Comments Add Comment

किशोर नेपाललाई महानन्द साहित्य साधक सम्मान

पत्रकार किशोर नेपाल
पत्रकार किशोर नेपाल

ड्यालस । टेक्सस्को ड्यालसस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमार्फत बर्षेनी प्रदान गरिने ‘महानन्द साहित्यसाधक सम्मान’बाट यसपल्ट पत्रकार तथा साहित्यकार किशोर नेपाल सम्मानित भएका छन् । कदरपत्र सहित पचास हजार रुपैयाँको उक्त सम्मान मे १६ का दिन काठमाडौंमा हस्तान्तरण गर्ने कार्यक्रम छ ।

नेपाली भाषाको श्रीबृद्धिमा विशिष्ट योगदान दिने व्यक्तिहरुको कदर गर्न महानन्द साहित्य गुठीले साहित्यसाधक सम्मान प्रदान गर्दै आएको छ ।

यस सम्मान हस्तान्तरणको औपचारिक कार्यक्रम मे १५ तारिख ड्यालस काउण्टीको ग्रवाइलर रोडस्थित नेपाली मन्दिरको प्रेक्षालयमा पनि सम्पन्न हुनेछ । कार्यक्रममा बाल तथा वयस्क सहभागीहरुबीच अलग-अलग प्रतियोगितात्मक कविता वाचन कार्यक्रम पनि हुने जानकारी अनेसास ड्यालसका अध्यक्ष वासु शर्माले दिए ।

महानन्द सापकोटाका योगदानलाई सम्भिmरहन, उनले गरेका कामहरुको महत्वलाई प्रकाश पार्न तथा लेखकीय माध्यमबाट नेपाली भाषाको श्रीबृद्धिमा सेवा पुर्‍याउने कलमजीवीहरुलाई सम्मान गर्न यस महानन्द सापकोटा साहित्यसाधक सम्मानको स्थापना गरिएको कुरा महानन्द सापकोटा साहित्य पुरस्कार गुठीका संस्थापक सीता सापकोटाले उल्लेख गरिन् ।

विगत ४५ वर्षदेखि नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली पत्रकारितामा सक्रिय रहेका किशोर नेपाल सिद्धहस्त भाषाशिल्पीका रुपमा नेपाली समाजमा सुपरिचित छन् । उनको निवन्ध संग्रह ‘चिन्ताका क्षणहरु’ कथा संग्रह ‘अर्कै प्रस्तर’ र उपन्यास ‘पाताल’ तथा ‘शहरको कथा’ प्रकाशित छन् । उनको सबैभन्दा पछिल्लो पुस्तक ‘मेरो समय’ लोकपि्रय बनेको थियो ।

‘अण्डर दि स्याडो अफ भायलेन्स,’ ‘शक्तिको अवतरण,’ र ‘आवाजहीनहरुको आवाज’ पुस्तक मार्फत किशोर नेपालले नेपाली समाजमा हिंसात्मक द्वन्द्वको अबस्था र प्रभावको चित्रण गरेका छन् । द्वन्द्वकालीन नेपाली ग्रामीण समाजको यथार्थमा आधारित उनको टेलिभिजन कार्यक्रम ‘मत-अभिमत’ सर्वाधिक लोकप्रिय थियो ।

किशोर नेपालले महानन्द सापकोटा साहित्यसाधक सम्मान स्वीकार गरेर पुरस्कारको गरिमा बढेको अनेसास ड्यालसका संस्थापक अध्यक्ष, कवि एवं सीपीए भीम कार्कीको भनाई छ । ‘हाम्रो प्रयास सम्मानका निमित्त सुपात्र चयन गर्ने रहनेछ । यसअघि झैँ यसपल्ट पनि सुपात्रको चयन गर्न पाएकोमा अनेसास ड्यालस गौरवान्वित छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment