२१ वैशाख, काठमाडौं । दिल्लीबाट फर्किएर दुई दिन भूमिगतजस्तै बनेका पूर्वराजा ज्ञानेन्द्र शाह त्रिशुलीको बगरमा देखा परे, त्यो पनि र्याफ्टिङकर्ताका रुपमा ।
पूर्वराजा परिवारका सदस्यहरुले त्रिशुलीमा र्याफ्टिङ गरेको नेपाल एजेन्टस् अफ र्याफ्टिङ एशोसिएसन नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले बताए ।
पूर्वराजालाई दाहालले र्याफ्टिङ गराएका थिए । र्याफ्टिङसँगै पूर्वराजाले युवा युवतीहरुसँग सामुहिक तस्वीरसमेत खिचाएका छन् ।
साहशिक पर्यटन अन्तरगत र्याफ्टिङमा सामान्य परिवारका मानिसहरुदेखि घरानियाँहरुको समेत अकर्षण देखिँदै आएको छ ।
यसैक्रममा नेपाल भ्रमणमा आएका बेला बेलायती राजकुमार ह्यारीले कर्णाली नदीमा र्याफ्टिङ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4