केही दिन अगाडिसम्म बलिउड बजारमा अभिनेत्री मलाइका अरोरा खान र निर्माता तथा कलाकार अरवाज खानको वैवाहिक जीवन समाप्त भएको खबर फैलिएको थियो । मलाइका र अरवाजले सम्बन्ध टुक्रिएको कुरा स्विकार गर्दै विज्ञप्ती नै निकालेका थिए ।
तर, केही दिन अगाडि नेपाल आएर मुम्बई फर्किएकी मलाइका र अरवाजको प्याचअप भएको खबर सार्वजनिक भएको छ । हुनत, बलिउड गसिप बजारमा धेरै विश्वास राख्छ ।
तर, मलाइका अरवाजसँग सम्बन्ध जोड्न तयार भएको मुम्बई मिररले आजको अंकमा समाचार प्रकाशित गरेको छ । मलाइका अरवाजकै घर फर्किएको पनि समाचारमा उल्लेख छ ।
मलाइका र अरवाजको प्याचअपका लागि यी दुइको परिवारले पहल गरेको थियो । विशेषगरि, अरवाजकी दिदी र मलाइकाकी आमाले प्याचअपमा ठूलो भूमिका खेलेको मिडियाको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4