+
+

लीबियामा ‘रहस्यमय’ विष्फोट, २५ जना मारिए

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते १२:२०
Libia-Blast
बियामा भएको विष्फोट । फाइल तस्वीर/सिएनएन

८ असार, काठमाडौं । लीबियाको राजधानी त्रिपोली नजिकको एक शहरमा भएको विष्फोटमा २५ जनाको मृत्यु भएको छ । विष्फोटको कारण थाहा भएको छैन । यति धेरै व्यक्तिको ज्यान जाने गरी भएको यस विष्फोटलाई स्थानीय अधिकारीहरुले ‘रहस्यमय’ भनेका छन् ।

यो विष्फोट स्थानीय नागरिक र केहि हतियारधारी लडाकू समूहबीच भएको संघर्षपछि भएको हो । तर, विष्फोट कसरी भयो र कसले गरायो भन्ने पत्ता लागेको छैन ।

अधिकारीहरुले शुरुआतमा सामग्रीहरुमा आगो लागेपछि विष्फोट भएको बताएका थिए । तर, पछि एक स्थानीय व्यक्तिले पटाकाहरुले भरिएको ट्रकमा विष्फोट भएको बताएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सो क्षेत्रमा गोलीबारीको आवाज सुनिएको छ र स्थिति एकदमै तनावपूर्ण छ । उक्त घटनामा मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।

यसअघि लीबीयाको पूर्वी इलाकामा आफूलाई विद्रोही स्लामिट स्टेटका लडाकू बताउनेहरुसँग भएको भिडन्तमा सरकार समर्थित ३० लडाकूहरु मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?