+
+
Shares

१८ अर्व २५ करोडको बजेट त्रिवि साधारणसभाबाट पारित

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २६ गते १७:४५

Tribhuwan University

२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि १८ अर्ब २५ करोड २ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले आइतबार आफ्नो ५७औं साधारणसभा मार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो । त्रिविले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको भन्दा ५७ करोड ५३ लाख रुपैयाँ बढी हो ।

त्रिविले सार्वजनिक गरेको बजेट अनुसार ४ अर्ब ६ करोड ३६ लाख ९९ हजार रुपैयाँ शिक्षक प्राध्यापकहरुको तथा ३ अर्ब ४० करोड ७७ लाख ४० हजार रुपैयाँ कर्मचारीको तलबमा खर्च हुने छ ।

त्रिविमा ७ हजार ९ सय शिक्षक प्राध्यापक र ७ हजार २ कर्मचारी कार्यरत छन् । त्रिविले अवकाशप्राप्त शिक्षक प्राध्यापक र कर्मचारीको उपदान र निवृत्तिभरणका लागि १ अर्ब २० करोड २१ लाख ८९ हजार, परीक्षा संचालनका लागि ५४ करोड ७२ लाख ११ हजार र मर्मत सम्भारका लागि २४ करोड ७२ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

साथै भ्रमणका लागि ६ करोड ३९ लाख, बैठक भत्ताका लागि ६ करोड १९ लाख, गोष्ठीका लागि ६ करोड ७२ लाख, विद्युत र पानीका लागि १२ करोड १६ लाख, पुरस्कारका लागि १ करोड ९३ लाख, विज्ञापनका लागि ३ करोड ६२ लाख तथा अतिथि सत्कारका लागि १ करोड ८७ लाख रुपैयाँ छुट्याएको छ ।

रजिष्ट्रार डिल्लीराम उप्रेतीले १८ अर्ब २५ करोड रुपैयाँ बजेटमध्ये ८ अर्ब १२ करोड ९९ लाख रुपैयाँ विश्वविद्यालयले आन्तरिक स्रोतबाट जुटाउने र बाँकि रकम विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त गर्ने जानकारी दिए । त्रिवि सभाको साधारण बैठकले आगामी आर्थिक वर्षको प्रस्तावित बजेट पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?