२८ असार, काठमाडौं । अमेरिकाको मिशीगन प्रान्तमा एक बन्दुकधारीले अदालत परिसमा गोली चलाउँदा दुई प्रहरीको ज्यान गएको छ ।
बन्दुक आक्रमणमा अन्य दुई प्रहरी समेत घाइते भएका छन् । प्रहरीका अनुसार आक्रमणकारी एक कैदी थिए जसले प्रहरीको बन्दुक खोसेका थिए । आक्रमणकारीको प्रहरी कारबाहीमा मृत्यु भएको छ । उनले गोली किन चलाए भन्नेबारे खुल्न सकेको छैन ।
हमलाको मिशिगनका गभर्नर रिक स्नाइडर ले ट्वीट मार्फत पुष्टि गरेका छन् । पाल बेलीले आफ्ना सहकर्मीको हत्या डराउने खालको भएको प्रतिक्रिया दिए ।
यस अघि डालस शहरमा एक व्यक्तिले पाँच प्रहरीको हत्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4