+
+

बजेट आश्रित विधेयक फेल गराउने माओवादी निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते १५:३९

Prachand

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटसँग सम्वन्धित आश्रित विधेयकहरुको विपक्षमा मतदान गर्ने भएको छ ।

संसदको कार्यसूचीबारे दलहरुबीच सहमति जुटेको छ र अविश्वासको प्रस्ताव अगाडि आश्रित विधेयक पेश गर्ने सहमति भएको छ ।

लगत्तै माओवादीले बजेटसँग सम्वन्धित आश्रित विधेयकहरुको विपक्षमा मतदान गर्ने निर्णय लिएको हो । माओवादीसहितकै सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेट ल्याएको थियो । तर, विनियोजन विधेयक पास भएपछि माओवादीले सरकारलाई दिएको समथर्न फिर्ता लियो ।

र, कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेको छ । त्यसपछि दलहरुबीच अविश्वासको प्रस्ताव कि बजेटसँग सम्वन्धित विधेयक पहिले संसदमा पेश गर्ने भन्ने विवाद सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?