‘आमी तोमार होती शाही’ नामक बंगाली चलचित्रको छायांकनका लागि अहिले बलिउड आइटम गल राखी सावन्त नेपालमा छिन् । काठमाण्डौको एक स्थानमा सेट लगाएर यो चलचित्रको एक आइटम गीतको छायांकन भैरहेको छ ।
आइटम गीतका लागि नेपाल आएकी राखी सोमबार मुम्बई र्फकनेछिन् । तर, चलचित्रको अन्य केही गीतको छायांकन भने मुस्ताङमा गरिनेछ । राखी सावन्तले आइटम नृत्य गरिरहेको स्थानमा अनलाइनखबरको टोली पुग्दा राखी हट जवानीको कमाल देखाउनमै व्यस्त थिइन् ।
कोरस र बार दर्शकको दृश्य शनिबार नै खिचिएकाले आइतबार राखी मात्र क्यामेराका अगाडि नृत्य गर्दै थिइन् । बलिउडमा समेत हट पहिरन लगाएर सधै चर्चामा रहने यी सुन्दरी आइटममा पनि आफ्नो नृत्य र जवानीको जादु छर्न तल्लिन थिइन् । राखी विवादास्पद बयानका कारण पनि सधै बलिउड मिडियामा छाउने गरेकी छिन् ।
छायांकन सेटमा केही कडा स्वभाव देखाउने राखीको पहिरनले पनि आइटम गीतमा उनी खुबै खुलेकी छिन् भन्ने वुझ्न गाह्रो पर्दैनथ्यो ।
तस्बिरः कविन अधिकारी