+
+

चक्कु आक्रमणबाट जापानमा १९ को मृत्यु, २० को अवस्था गम्भिर

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ११ गते ८:३०

japan_police११ साउन, काठमाडौं । जापानमा एक व्यक्तिको चक्कु आक्रमणमा १९ जनाको ज्यान गएको छ  । हमलामा कम्तिमा २६ जना घाइते भएका छन् । जसमध्ये २० को अवस्था गम्भिर छ ।

जापानी सञ्चार माध्यमहरुका अनुसार राजधानी टोकियोको नजिकको रिहाइशी असहाय आवास क्षेत्रमा उक्त घटना भएको हो ।

समाचार एजेन्सी क्योदोका अनुसार नजिकको सागामिहारा शहरमा प्रहरीले एक संदिग्धलाई नियन्त्रणमा लिएको छ ।

japan_attackप्रहरीका अनुसार २९ वर्षका आरोपी असाहाय केन्द्रका पूर्व कर्मचारी समेत हुन्  । बीबीसीका अनुसार आक्रमणकारी असक्त मानिस नदेखिउन् भन्ने चाहन्छन् ।

आक्रमणका समयमा ८ जना कर्मचारी डिउटीमा थिए ।

जापानमा यस्ता घटना कम हुने गरेका छन् । तर सन् २००१ देखि २००८ मा पनि चक्कु प्रहारका घटना भएका थिए जहाँ क्रमश सात तथा आठ जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?