+
+

प्रधानमन्त्रीमा एमालेले उम्मेद्वारी नदिने, प्रचण्डको विपक्षमा मतदान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १८ गते १५:५६

UML-Party-Office

१८ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने निर्णय गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकबाट एमालेले प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिए पनि प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने एमाले स्थायी कमिटीको निर्णय छ ।

पार्टीको निर्णयबारे जानकारी दिँदै एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरसँग भने, ‘हामीले प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’

मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री पदको निर्वाचन बुधबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?