+
+

पहिरोमा पुरिएर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १ गते ९:३६

१ भदौ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

Gorakaha-Pahiroघरको करेसातर्फ रहेको खेतबाट मङ्गलबार राति आएको पहिरोले घर पुर्दा दग्नाम–४ घर भई हाल गलेश्वर बस्ने ४९ वर्षीय नकबहादुर गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको हो ।

सुतिरहेको अवस्थामा पहिरोमा पुरिएर घाइते भएका गर्बुजालाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर अस्पतालमा ल्याएका थिए । सो घरमा गर्बुजाको छजनाको परिवार बस्दै आएको थियो । परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?