१२ भदौ, काठमाडौं । लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ ।
अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आइतबार विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिने भएको छ ।
उपचारको क्रममा गुरुङको बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । परिवारका सदस्य विदेशमा रहेका कारण उनको अन्त्येष्टि गरिएको थिएन ।
कलेजो रोगबाट पीडित गुरुङ जन्डिस भएपछि अस्पताल भर्ना भएका थिए । उनको ‘वारी जमुना, पारी जमुना…’बोलको गीतले चर्चा कमाएको थियो ।