९ असोज, मुगु । मुगु जिल्लास्थित नेपालकै ठूलो र सुन्दर ताल रारालाई सधै स्वच्छ र सफा राख्नका लागि हरेक महिनाको दोश्रो शनिवार संरक्षण र सरसफाई अभियान सुरु गरिएको छ ।
सुन्दर राराको पहिचान बचाइ राख्न रारा पर्यटन विकास समिति, रारा मुगुको पहलमा सफाई अभियान सुरु गरिएको छ । अभियानमा मुगु जिल्लास्थित विभिन्न संघ संस्था एवं सरोकारवालाहरुको सक्रियतामा कार्यक्रमको सुरुवात भएको छ ।
रारा हेर्ने मानिसहरुको हरेक दिन आवत जावत र बसाई बढन थालेपछि ताल प्रदुशित हुन सक्ने भन्दै रारालाई सफा राख्न सफाइ अभियान सुरु गरिएका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताए ।
ताल सफाइमा स्थानीय साथै नेपाली सेना र रारा विद्यालयका विद्यार्थीहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।
मोटर बाटो र हवाई सेवा सहज हुन थालेपछि रारा तालको भ्रमणमा पर्यटकको संख्या वृद्धि हुन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4