Comments Add Comment

‘किस्मत २’ र ‘सुब्बा साब’ रिलिज, जीवन र शिल्पाको स्टारडमले काम गर्ला ?

chabi and shilpa (4)
दशैंको लामो बिदामा चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा सहित आजबाट २ चलचित्र रिलिज भएका छन् । चलचित्र रिलिजका लागि चाडपर्व वा नयाँ बर्ष नै ताक्दै आएका निर्माता छविराज ओझाले यसपटक पनि आफ्नो नयाँ प्रोजेक्ट ‘किस्मत २’लाई दशैंमा रिलिज गरेका छन् । आजबाट देशभरका हलमा रिलिज भएको यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

चलचित्रमा शिल्पा पोख्रेल, किशोर खतिवडा, पृथ्वीराज प्रसाँइको मुख्य भूमिका छ । छवि र शिल्पाले बिहे गर्ने तयारी गर्दै गर्दा उनीहरुको आशावादी प्रोजेक्ट रिलिजमा आएको हो । चलचित्रले एक दृष्टिबिहिनी यूवतीको यात्रालाई प्रस्तुत गरेको छ ।

आजैबाट चलचित्र ‘सुब्बा साब’ पनि रिलिजमा आएको छ । राजु अधिकारीको निर्देशनमा बनेको यो चलचित्रमा सरोज खनाल, गौरी मल्ल, जीवन लुइटेल लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले सुब्बाको जागिर खाने एक व्यक्तिको कथालाई प्रस्तुत गरेको छ । jiwan dajju
दुबै चलचित्रको इनिसियल व्यापारका लागि नायिका शिल्पा पोख्रेल र नायक जीवन लुइटेलको अनुहारले काम गर्नु पर्छ । दशैको लामो बिदामा यी दुई चलचित्रको व्यापार कस्तो हुन्छ, त्यो आइतबारपछि थाहा हुनेछ । आजैबाट चलचित्र ‘छक्का पन्जा’ पनि पाचौं हप्तामा प्रवेश गरेको छ । मल्टिप्लेक्समा यो चलचित्रलाई अझै उच्च शो दिइएको छ । क्यूएफएक्स हलले अझै १५ शो चलचित्रलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment