Comments Add Comment

दीपिकादेखि कट्रिनासम्म, जो भारतमा जन्मिएका होइनन्

deepika katrina and sunny leone
बलिउडमा अहिले नायिका दीपिका पादुकोणको बोलबाला नै छ । उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा कमालको व्यापार त गरेकै छैन, साथमा उनी हलिउड यात्रामा पनि अगाडि आइसकेकी छिन् । बलिउडमा करोडौ कमाउने यी नायिकाको जन्म भारतमा भएको होइन भन्दा तपाइलाई अनौठो लाग्न सक्छ ।

दीपिकाको जन्म डेनमार्कको राजधानी कोपनहेगनमा भएको थियो । पछि, उनका पिता प्रकाश पादुकोण परिवारको साथमा भारत फर्किएका थिए । सन् १९८६ फ्रेवुअरी ५ मा दीपिका जन्मिएकी थिइन् । उनले चलचित्र ‘ओम शान्ती ओम’ मार्फत बलिउडमा पाइला राखेकी हुन् । उनी एक सफल ब्याडमिन्टन खेलाडी पनि हुन् । दीपिका मात्र होइन, बलिउडमा काम गरिरहेका अन्य थुप्रै नायिकाको जन्म भारतमा भएको थिएन ।

नायिका ज्याकलिन फर्नान्डेजको जन्म श्रीलंकामा भएको थियो । अहिलेकी अर्की सफल नायिका कट्रिना कैफको जन्म व्रिटिश हङकङमा भएको थियो । जो अहिले बलिउडमा सर्वाधिक सफल र चर्चामा छिन् । बलिउडले यस्ता अरु थुप्रै नायिका पनि पाएको छ, जो भारत बाहिर जन्मिएर पछि बलिउडमा आएका थिए ।

३६ बर्षमा दौडिरहेकी नायिका नरगिस फक्रीको जन्म यूएसएमा भएको थियो । नायिका तथा मोडल एली अब्राहमको जन्म स्विडेनमा भएको हो । जो ‘वीग बोस’मा भाग लिएपछि चर्चामा छिन् । पोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनीको जन्म क्यानडामा भएको हो । उनी पोर्न दुनियाँ हुदै बलिउडमा आएकी हुन् ।

नायिका एमी ज्याक्सनको जन्म बेलायतमा भएको हो । यी बाहेक अन्य केही अनुहार पनि छन् जो भारत बाहिर जन्मिएर बलिउडमा चम्किरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment