+
+

रोजको ‘मेरो पैसा खै’ घोषणा, ‘भूतनाथ’ का निर्देशकले गर्नेछन् निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ४ गते १८:५७

mero-paisa-khai-ghosana
बलिउडका चर्चित २ नायक अमिताभ बच्चन र साहरुख खानलाई लिएर चलचित्र ‘भूतनाथ’ निर्देशन गरेका निर्देशक विवेक शर्माले अब नेपाली चलचित्र पनि निर्देशन गर्ने भएका छन् । निर्माता रोज राणासँग मिलेर उनले निर्देशन गर्न लागेको चलचित्र ‘मेरो पैसा खै’को घोषणा भएको छ । रेदाअंश सिने आर्टस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रका बिषयमा निर्देशकले भने-‘पैसाको कारण हरेक मानिसको जीवनमा पर्ने प्रभावको कथालाई मुख्य रुपमा उठान गरिनेछ ।’

यो चलचित्र कमेडी जनरामा बन्ने विवेकले बताए । यो चलचित्रमा चन्द्र पन्तको एक्सन रहनेछ । कलाकार र अन्य प्राविधिक पक्का भएका छैनन् । निर्माता राणाले चलचित्रका कलाकारमा निर्देशकलाई हस्तक्षेप नगर्ने बताए । यो चलचित्र नेपाल र भारतमा खिचिनेछ । मुम्बइका साथमा मुस्ताङ, पोखरा, काठमाण्डौमा चलचित्र खिचिनेछ । निर्देशकले विश्वका ११ भाषामा चलचित्र डब गरेर प्रदर्शन गर्ने बताए ।

उनले आफू चलचित्र ‘बुद्धम शरणम् गच्छामी’को तयारीमा रहेको र अमिताभ बच्चन नै मुख्य भूमिकामा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?