+
+

गैँडाको आक्रमणबाट एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १३ गते ९:३४

gaida_chitawan१३ कात्तिक, कावासोती । नवलपरासीको कावासोती–१२ गैरीमा गैँडाको आक्रमणबाट अनिल मण्डलको मृत्यु भएको छ ।

पैँतालिस वर्षीय मण्डलको आज बिहान शौच गर्न जङ्गल गएका बेला गैँडाको आक्रमणबाट मृत्यु भएको इप्रका, नवलपुरले जनाएको छ । एक साता अगाडि मध्यविन्दु नगरपालिका–७ मा बाघको आक्रमणबाट पनि एक महिलाको ज्यान गएको थियो ।

जङ्गलमा रहेको बाघ नियन्त्रण लिने प्रयास गरिए पनि सफल नभएपछि यहाँका बासिन्दा जङ्गल जान छाडेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको हो । तीन दिनदेखि यो प्रयास जारी रहेको अम्रसा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद ढुङ्गानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?