+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कुलेखानी चलाएको छैन, उपत्यका बाहिर पनि लोडसेडिङ बढ्दैनः कुलमान

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते १८:०४

kulman-ghising

२९ कात्तिक, काठमाडौं । काठमाडौंमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले उपत्यका बाहिर पनि लोडसेडिङ नबढाउने बताएका छन् ।

काठमाडौं बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको उनले बताए । उपत्यका बाहिर देशैभरी बेलुका एक घण्टादेखि डेढ घण्टासम्म मात्रै लोडसेडिङ हुने गरेको बताउँदै भने, ‘लोडसेडिङ कम होस् भन्ने हाम्रो चाहना हो ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कार्यकारी प्रमुख घिसिङले अहिले उद्योग तथा कलकारखानाको मागलाई आफूहरुले कटौति गरेको समेत जनाए । उनले भने, ‘ईण्डष्ट्रिजको लागि हामीले साँझ ५ बजेदेखि ८ बजेसम्म काटेका छौं । यो सिफ्ट चेन्ज भन्दा पनि हुन्छ ।’

हिउँदमा काठमाडौंको लोडसेडिङ के हुन्छ भन्ने प्रश्न आइरहेको भन्दै घिसिङले भने, ‘हामीले अहिले कुलेखानी चलाएका छैनौं, मंसिरदेखि बैशाखसम्म ४ घण्टासम्म कुलेखानी चल्न सक्छ, तर हामीलाई जम्मा २ घण्टा चाहिन्छ ।’

उनले अघि भने, ‘कुलेखानी रित्याएको छैन, काठमाडौं उपत्यका बाहिरपनि लोडसेडिङ बढाएका छैनौं ।’

आगामी हिउँदमा लोडसेडिङ सकेसम्म कम गर्न अहिलेदेखि नै काम थालेको उनले बताएका छन् । घिसिङले भने, ‘लाईन सवस्टेशन, ट्रान्समिसनलाई अपग्रेड गर्ने काम भइरहेको छ, आपूर्तिमा पनि ध्यान दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?