१ मंसिर, काठमाडौं । स्पेनिस क्याटलान बार्सिलोनाले कीर्तिमानी मूल्यमा नयाँ टिसर्ट प्रायोजक भित्र्याएको छ । अब जापानिज इलेक्ट्रोनिक कम्पनी राकुटनले कतार एयरवेजको स्थान लिनेछ ।
बार्सिलोना र राकुटनबीच आगामी सिजन २०१७/१८ बाट लागू हुने गरी चार वर्षे सम्झौता भएको छ । र, जापानी कम्पनीले बार्सिलोनालाई बाषिर्क ५१ मिलियन अर्थात ४ वर्षमा २०४ मिलियन पाउण्ड तिर्नेछ ।
यो कतारले दिने भन्दा धेरै बढी रकम हो । २०१० देखि बार्सिलोनाको टिसर्टको मुख्य प्रायोजक रहेको कतार एयरबेजले बाषिर्क २८.९ मिलियन पाउण्ड मात्र दिने गरेको थियो ।