Comments Add Comment

मन्त्री पाण्डेले भने-‘कन्ट्रक्सन बिजनेस’बाट अमेरिकामा घर बनाएको हुँ

राप्रपा स्रोत भन्छ- उनीसँग अमेरिकी ग्रिनकार्ड पनि छ

bikram-pandey
तस्वीर स्रोत- खबर चितवन

२ मंसिर, चितवन । कालिका कन्स्ट्रक्सनका मालिक एवं भूमिसुधार मन्त्री विक्रम पाण्डेले आमेरिकामा आफ्नो घर रहेको स्वीकार गरेका छन् ।

आफ्ना छोराहरुले १० वर्ष पहिले कन्स्ट्रक्सन बिजनेश गरेर अमेरिकामा घर बनाएको पाण्डेको भनाइ छ । आफू भर्खरै मन्त्री बनेको त अमेरिकामा १० वर्ष पहिल्यै घर बनाएको उनले बताएका छन् । उक्त घर कन्स्ट्रक्सन बिजनेसबाट बनाएको उनले बताएका छन् ।

[sam_list]

आफ्नो चुनाव क्षेत्र चितवनको बाँदरमुढेमा पुल उदघाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले अमेरिकामा आफूले घर बनाएको जानकारी दिएको चितवनका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

नेपालको विकास बजेटबाट कमिसन जम्मा गरेर मन्त्री पाण्डेले अमेरिकामा सो सम्पत्ति जोडेका हुन् । मन्त्री पाण्डेको कालिका कन्स्ट्रक्सनले देशका विभिन्न भागमा पुल र बाटो निर्माणको ठेक्का लिने र समयमा काम सम्पन्न नगरी जनतालाई सकसमा पारिरहेको गुनासो आएकै बेला मन्त्री पाण्डेले अमेरिकामा १० वर्ष पहिल्यै कन्स्ट्रक्सन बिजनेसबाट घर बनाएको स्वीकारोक्ति प्रकट गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड हालै खोटाङमा मध्य पहाडी लोकमार्गको अनुगमनमा गएका बेला जिल्लाबासीले जयरामघाट पुलको ठेक्का लिएर काम नगर्ने कालिका कन्स्ट्रक्सनका मालिकमाथि कारवाही गर्न माग गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले यसबारे कारवाही अघि बढाउन भौतिक योजना मन्त्रालयलाई निर्देशनसमेत दिइसकेका छन् ।

राप्रपा नेपालका एक नेताका अनुसार १० वर्ष अघि नै अमेरिकामा घर बनाइसकेका मन्त्री पाण्डेका साथमा अमेरिकी ग्रिनकार्डसमेत रहेको छ । ग्रिनकार्ड रहेको व्यक्तिले सो नत्यागेसम्म मन्त्री पदमा बस्न नपाउने कानूनी व्यवस्था छ ।

तस्वीर स्रोत- खबर चितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment