+
+

प्रतिपक्षीलाई साथमै लिएर हिँड्न चाहन्छुः प्रधानमन्त्री

रविन भट्टराई रविन भट्टराई
२०७३ मंसिर ७ गते १७:०३

pushpa-kamal-dahal-prachand

७ मंसिर, ताप्लेजुङ । प्रधानमन्त्री प्रचण्डले संविधानप्रति असन्तुष्टि राख्ने दल र प्रतिपक्षीसमेतलाई साथमा लिएर तीनै तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन् ।

ताप्लेजुङमा मंगलबारबाट सुरु भएको कञ्चनजंघा हिरक महोत्सवको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘अहिलेको चुनौति भनेको नै संविधान कार्यन्वयन हो, त्यसैले यसलाई सम्पन्न गर्न सबै दललाई एक ठाउँमा ल्याउन मेरो प्रयास जारी छ ।’

संविधानप्रति असन्तुष्ट दलहरुको मागलाई औचित्यपूर्ण तरवमा संवोधन गर्ने र प्रतिपक्षी दलसँग पनि सहकार्य गर्दै संविधान कार्यन्वयन गर्ने सरकारको लक्ष्य रहेकाले यो चुनौतिको घडिमा सबै दल एक ठाउँमा आउनेमा आफु आशावादी रहेको प्रधानमन्त्रीको भनाई छ ।

महाविनाशकारी भूकम्प गएको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनि सबैले संकटको सामना गरेको र अहिलेको अवस्थामा पनि त्यस्तै सहकार्यको जरुरी रहेको उनले बताए ।

एक फरक प्रसंगमा बोल्दै प्रधानमन्त्रीले ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बत जोड्ने सडक खोल्न कुटनीतिक पहल गर्ने बताए ।

भोजपुरका अग्नि पीडितसँग भेट

आजै प्रधानमन्त्री प्रचण्डले भोजपुरका अग्निपीडितहरुलाई पनि भेटेका छन् । उनले तत्काल राहतका लागि केन्द्रमा सिफारिस गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको जानकारी गराए । उनले पीडितहरुलाई उचित राहत दिलाउने बताए ।

अग्नि पीडितहरुको उद्धारमा खटिएका सबैलाई प्रधानमन्त्री प्रचण्डले धन्यवादसमेत दिए । शनिबार लागेको आगोमा ८ घर जलेर नष्ट भएका थिए ।

ताप्लेजुङबाट भोजपुर हुँदै प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किएका छन् ।

हिरक महोत्सव तीन दिन चल्ने

कञ्चनजंघा हिमालमा मानव पाईला टेकेको ६० वर्ष पूरा भएको अवसरमा ताप्लेजुङको सुकेटारमा हिरक महोत्सव सुरु भएको हो ।

विभिन्न स्टल, झाँकी प्रदर्शनीसहित साँस्कृतिक कार्यक्रमका साथ मनाइने महोत्सव तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागि हुन प्रधानमन्त्री प्रचण्डसहित श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङ, महोत्सव समारोह समितिका अध्यक्ष एबं सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी, निर्देशक जयराज आचार्य, व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारी, एमाले सचिव योगेश भट्टराई, पर्यटन बोर्डका अध्यक्ष, पर्वतारोहण संघका अध्यक्ष लगायतको टोली ताप्लेजुङ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?