Comments Add Comment

‘ढुक्क हुनुहोस्, शिल्पासँग मेरो बिहे हुन्छ’: छवि ओझा

chabi-ojha_5-aarop

छवि ओझा पुराना पुस्ताका स्थापित निर्माता हुन् । चलचित्र निर्माणमा उनको सक्रियता अहिले पनि उत्तिकै छ । पछिल्लो समय नायिका शिल्पा पोखरेलसँगको सम्बन्धले थप चर्चामा आएका छविले केहि दिनमै आफू केहि दिनमै शिल्पाको श्रीमान् हुने बताए । रेखा थापासँग १० वर्ष बैबाहिक जीवनमा रहेर अलग भएका छविलाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. शिल्पा पोखरेलसँग विवाह गर्दैछु भनेर ‘किस्मत-२’ प्रचार गर्नु भयो हैन ?
त्यसरी भन्नु हुन्छ भने त शिल्पा र मेरो सम्बन्धको वारेमा ‘लज्जा’ रिलिज हुने समयमा नै चर्चा भएको थियो । के कुरा पक्का हो भने म कहिल्यै पनि चलचित्र चलाउनका लागि चलचित्र वा अरु कसैको नाममा फोकटको चर्चा गर्दिन । चलचित्र चलाउनका लागि चलचित्र नै राम्रो बनाउनुपर्छ ।

२. शिल्पा र तपाईको बिहेको कुरा टर्‍यो रे नि ?
के को टर्नु नि । शिल्पा जीको बुबा आमासँग कुरा भैसक्यो । सबै कुराकानी फाइनल भैसक्यो । अब बिहे गर्न मात्रै बाँकी छ । चिना हेराउँदा अलि पछि बिहे गर्नु भन्ने सुझाब आएकालेे रोकिएका हौं । चाडै नै हामी बेहुला-बेहुली हुन्छौं ।

३. भर्खरकी यूवती बिहे गर्ने अनी उमेर ढल्कदै गएपछि बिहे गर्ने अनी फेरि अर्को बिहे गर्ने, तपाइको यो स्वभावलाई मान्छेहरुले राम्रो भन्दैनन् नि ?
मैले आजसम्म कुनै केटीलाइ बिदा गरेको छैन । अब मलाई नै छाडेर जान्छन् त, मैले के गरौं । बिहे गरेकि श्रीमतिले छाडेर गई भन्दैमा एक्लै बस्ने कुरा पनि भएन । एउटाले छोडेर गएपछि अर्की बिहे गर्न त परिहाल्यो नि ।

४. मान्छेहरुले तपाइलाइ कञ्जुस निर्माता भन्छन् नि किन ?
खै किन भनेका हुन् । चलचित्र बनाएकै छु । चलचित्रमा गर्नुपर्ने खर्च गरेकै छु । एउटा कुरा सत्य के हो भने, म अरुले झैं अनावश्यक दारु पानीमा खर्च गर्दिन । सायद, त्यहि भएर भनेका होलान् । यसले मलाई खासै फरक पार्दैन ।

५. तपाई निर्माता संघमा सचिब पनि हुनुहुन्छ । तपाई सचिब भएको बेला आर्थिक अनियमितता पनि भयो ? संघ पनि फुट्यो ? न तपाइहरु अध्यक्षका विरुद्ध नै बोल्नुहुन्छ, न केहि गर्नुहुन्छ ? संघ चलाउन असक्षम हो तपाई ?
कुनै पनि संघसंस्थाको काममा सतप्रतिशत सहमति जनाउने कोहि पनि हुन्नन् । केहि साथीहरुले राजनिती गर्नकै लागि नयाँ संघ खोल्नु भयो । त्यसो भन्दैमा निर्माता संघ कमजोर भएको म मान्दिन । यति पक्का हो कि हाम्रो अध्यक्ष र महा-सचिवले समय दिन सक्नु भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment