कलाकारको जीवनमा सफलता हतपत आइहाल्दैन । फेरि, आएपछि छाड्न नै मान्दैन । नायिका वेनिशा हमाल अहिले सफलता खोजिरहेकी छिन् । उनीपछि आएका धेरै नायिकाले मिडिया र दर्शकमाझ राम्रै चर्चा पाउँदा उनलाई भने यो क्षेत्रमा स्थान बनाउन मुश्किल भैरहेको छ ।
तर, पनि उनी केहि राम्रा ब्यानरका कारण सफलता हुनेमा ढुक्क छिन् । उनी अभिनित चलचित्र ‘किङ’ पौष २९ गतेबाट रिलिज हुँदैछ । उनी यहि चलचित्रबाट करिअरको सफलता खोज्दैछिन् ।
वेनिशा र केकीसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्न सक्नुहुनेछः
सार्वजनिक कार्यक्रममा पुग्दा वेनिशाका पहिरन अहिले आकर्षक हुन थालेका छन् । मौसम र समय अनुसार पहिरन लगाउन यी नायिका सिपालु भएकी छिन् । उनी, यसलाई समयको माग भन्छिन् ।
तस्बिरः कमल प्रसाई