+
+

मोबाइल फोन ईम्पोर्टस् एसोशिएसन गठन

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २० गते १०:०७

२० मंसिर, काठमाडौं । नेपालमा मोबाईल फोन आयात गर्ने ब्यवसायीहरुको छाता संघठन मोबाईल फोन ईम्पोर्टस् एसोशिएसन गठन भएको छ । यो कम्पनी रजिस्टार्डको कार्यालय र समाज कल्याण परिषदमा दर्ता भएको छ ।

mobile-appब्यवसायिक सुरक्षा र यस क्षेत्रमा रहेका चुनौति एकसाथ समाना गर्न भन्दै मोबाइल फोन इम्पोर्टस् एसोसिएशन गठन भएको संस्थाले जनाएको छ ।

‘यो क्षेत्रलाई मर्यादित र जिम्मेवर बनाउन र बजारमा नक्कली तथा अबैध आयात रोक्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न संघ खोलिएको हो ‘ विज्ञप्तिमा भनिएको छ ।

हाल देशभर ४००० जति स-साना ब्यापारी र उनका परिवार यस मोबाइल फोन क्षेत्रमा आश्रित छन् । संगठनका सदस्य फर्महरुमा प्रत्यक्ष ३२ सय जना जति युवा युवतीहरुले रोजगार प्राप्त गरिरहेका छन् ।

आर्थिक वर्ष २०७२/७३ मा यस संघका सदस्यहरु भ्याटबापत १६५ करोड, संस्थागत आयकर बापत २० करोड र अन्य अप्रत्यक्ष करहरुबाट गरी २ अर्ब बराबरको राजश्व राज्यलाई तिरिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?