Comments Add Comment

सडक विस्तारबारे सुमार्गीले भने- ब्यापारीलाई विस्थापित गर्दै जनतालाई सुकुम्वासी बनाउने ?

हेटौंडाका ५ हजार ब्यवसायी बिस्थापनको संघारमा

arunraj-sumargi
२० पुस, हेटौंडा । हेटौंडामा सरकारले सडक क्षेत्रभित्रका सबै संरचना १५ दिनभित्र हटाइसक्न निर्देशन दिएपछि झण्डै हजारौं ब्यवसायी विस्थापनको संघारमा पुगेका छन् ।

हेटौंडाको मुख्य बजार क्षेत्रका सबै घरहरु भत्किने भएपछि ब्यवसायीहरुले विभागको १५ दिने निर्देशनलाई अस्वीकार गर्ने घोषणा गरिसकेको छन् । मकवानपुर उद्योग बाणिज्य संघले यसरी घर भत्काउँदा ५ हजार ब्यवसायीले पेशाबाट हात धुनुपर्ने अवस्था आउने दावी गरेको छ ।

मकवानपुर उद्योग बाणिज्य संघ र मध्यमाञ्चल उदोग बाणिज्य संघले घरधनीलाई क्षतिपूर्ति नर्दि सडक विस्तार गर्न लागिएको आरोप लगाउँदै तत्काल निर्णय सच्याउन आग्रह गरेका छन् । तर, सडक विभागले २५ मिटर क्षेत्रभित्रका सरकारी कार्यालयमा डोजर चलाउँदै अब निजी घरहरु पनि भत्काउन सुरु गर्ने अडान लिएको छ ।

मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले राज्यले सडक फराकिलो पार्दा ब्यवसायी र घरनीलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । सडक फराकिलो पार्नको लागि डिभिजन सडक कार्यालय हेटौंडाले जारी गरेको १५ दिने सूचनाले हेटौँडाका नागरिक आतंकित भएको भन्दै सुमार्गीले सडक फराकिलो पार्ने भए उचित क्षतिपूर्ति तथा मुआब्जा पनि दिनुपर्ने बताए ।

सडक विस्तार गर्दा उनको हटौंडा १० स्थित ‘सुमार्गी कम्प्लेक्स’ पनि पुरै भत्किने निश्चत भएको छ । राज्यले कतिपय नागरिकलाई पनि सुकुम्वासी बनाउन गरी यो काम गरेको भन्दै उचित मुआब्जा दिएपछि मात्र निजी सम्पत्ति भत्काउन सकिने बताए ।

पत्रकार सम्मेलन नै गरेर सुमार्गी भने ‘म विकास विरोधि हैन, २५ मिटर फराकिलो पार्न सकिन्छ, तर त्यसको क्षतिपूर्ति र आवश्यक समय त पाउनु पर्‍र्यो ?’

डिभिजन सडक कार्यालयले प्रदान गरेको १५ दिनको समयमा त्यहा रहेका ५ हजारभन्दा धेरै ब्यवसायीहरु अर्को स्थानमा स्तानन्तरण हुन नसक्ने बताउँदै सुमार्गीले कम्तीमा ६ महिनाको म्याद चाहिने जिकीर गरे ।

राज्यको कानुन सबैलाई समान हुनुपर्ने बताउँदै उनले भने ‘राज्यले फाष्ट ट्र्याक बनाउँदा छतिवन, बुदुनेका जग्गाको मुआब्जा दिनुपर्ने तर यहाको दिनु नपर्ने भन्ने हुन्छ र ?’

hetauda-sadak-bistar-2
सुमार्गीले हेटौँडाको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेत ध्यान दिनु पर्ने बताए । बीरगञ्जलाई समेत ९ मिटरमात्र चौडा गरेर सडक विस्तार गरिएको स्मरण गर्दै उनले २५ मिटरको आतंकलाई कम गर्न आग्रह गरे ।

२५ मिटरको विषयमा दलहरु मौन रहेकोमा आक्रोश ब्यक्त गर्दै सुमार्गीले भने ‘उनीहरुकै भोटबाट नेता भएका दलहरु अहिले जनता समस्यामा पर्दा बोल्नु पर्दैन ?’

आफूहरु पनि विकास बिरोधि नरहेको दोहोर्‍याउँदै उनले विकासको नाउँमा अन्याय गर्न नहुने तर्क पेश गरे ।
२५ मिटरको विषयमा दलहरु मौन रहनु शंकाको विषय भएको भन्दै उनले जनता सुकुम्वासी बनाउने काम राज्यले गर्नै नसक्ने ठोकुवा गरे ।
सडक विस्तार भएपछिको हेटौंडा क्षेत्र

सडक विस्तार भएपछिको हेटौंडा क्षेत्र

सडक विभागले त्रिभुवन राजपथ, पुर्वपश्चिम राजमार्ग तथा कान्तिराजपथ क्षेत्रका सडकलाई फराकिलो बनाउने क्रममा हेटौंडा बजारमा सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउने कम कुनै हालतमा नरोकिने बताएको छ ।

सरकारले वर्षौं अघि सडक क्षेत्रमा २५ मिटर छाडेर संरचना बनाउनुपर्ने निर्णय गरेपनि हेटौंमा अझै २५ मटिर मिचेर घर बनाउने क्रम चलिरहेको थियो ।

तर, यसले सयौं नागरिकलाई सुकुम्बासी बनाउने र हजारौं ब्यापारीलाई विस्थापित गर्ने भन्दै उद्योगी/ब्यवसायी बिरोधमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment