+
+

नेविसंघलगायतले स्ववियु चुनाव भाँडेको भन्दै क्रान्तिकारीको विरोध

प्रहरी प्रशासन लगाएर भएपनि फागुन १८ मै चुनाव गराउन माग

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १६ गते १६:५२


१६ फागुन, काठमाडौं । स्ववियु चुनाव अनिश्चित भइरहेका बेला माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले निर्धारित मिति फागुन १८ मै स्ववियु निर्वाचन गराउन माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ ।

राजधानीका अधिकांश क्याम्पसहरुमा नेविसंघ, विप्लव निकट क्रान्तिकारी लगायतले तालाबन्दी गरेर चुनावी प्रक्रिया भाँडेको विरोधमा क्रान्तिकारीले प्रदर्शन गरेको हो ।

विश्वभाषा क्याम्पसबाट सोमबार दिउँसो सुरु भएको जुलुस ल, आर.आर., शंकरदेव पुतलीसडक, बागबजार हुँदै त्रिचन्द्र क्याम्पस पुगेर कोणसभामा परिणत भएको थियोे । त्रिचन्द्रबाट पुनः पुरानो बसपार्क हुँदै आरआर क्याम्पस पुगेर जुलुस समापन भएको थियोे ।

कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले फागुन १८ गते जुनसुकै हालतमा स्ववियु चुनाव हुनुपर्ने बताए । न्यौपानेले विश्वविद्यालय प्रशासनले प्रहरी प्रशासन लगाएर भएपनि निर्वाचन गर्नुपर्ने माग गरे । कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन अर्याल, खुसिराम चौधरी, मिलन एमसी लगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?