+
+

ममता र संझनालाई ‘मिस एन्ड मिसेस’ काभ्रेको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १८ गते ११:४५


काभ्रे जिल्लामै पहिलो पटक आयोजना भएको ‘मिस काभ्रे आइडल-२०१७’को उपाधी ममता तामाङले जितेकी छिन् । निर्णायक मण्डलकी प्रमुख आरजे कला सुब्बाले सोधेको अन्तिम प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले उपाधी हात पारेकी हुन् ।

यस्तै, यो प्रतियोगीतामा रुक्साना कार्कीले फस्ट रनरअप र निकिता मानन्धरले सेकेन्ड रनरअपको उपाधी जितिन् । एमाजोन इन्टरटेन्मेन्टले महिलाहरुको क्षमता अभिवृद्धिका लागि यो प्रतियोगीता आयोजना गरेको बताएको छ । यस्तै, ‘मिसेस काभ्रे आइडल-२०१७’को उपाधि भने संझना लामाले जितेकी छिन् ।

यस्तै, यो प्रतियोगीताको फस्ट रनरअपको उपाधी गोमा थापा सिंह र सेकेन्ड रनरअपको उपाधी जुनी श्रेष्ठको पोल्टामा गयो । विवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले ‘मिसेस काभ्रे आइडल-२०१७’को आयोजना गरिएको थियो ।

यो प्रतियोगीताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् । निर्णायक मण्डलमा नायिका मेलिना मानन्धर, नायक गजित बिष्ट, दिक्पाल कार्की, ब्यूटिसियन कमला अधिकारी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?