२२ फागुन, काठमाडौं । निर्वाचन आयोगले लोक सेवा आयोग तथा न्याय सेवा आयोग आफैले सञ्चालन गरेको पदपूर्ति प्रक्रिया नरोक्ने निर्णय गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले लोक सेवा आयोगको अध्यक्षता वा प्रतिनिधित्व गरी सञ्चालन भएका विभिन्न संघ संस्थाका (राजनीतिक नियुक्ति बाहेक) कर्मचारीको पदपूर्ति प्रक्रियालाई निरन्तरता दिन सहमति दिने निर्णय छ ।
तर, अन्तर्वार्ताबाट मात्र कर्मचारी छानिने भएमा त्यस्तो पदपूर्ति कार्य निर्वाचन अवधिभर रोक्ने निर्णय भएको छ ।